साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान

 जेठ १७, २०७५ बिहीबार १९:२१:२७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । 

मोरङ जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले उनलाई पुर्पक्षको लागि कारागार चलान गरेको  हो । आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा उनलाई थप अनुसन्धान गर्नु पर्ने भएको भन्दै न्यायाधीश शर्माको इजलाशले यस्तो आदेश दिएको हो । 

अदालतले प्रतिवादी श्यामबहादुर खत्री कसुरदार रहेको भन्ने कुरा विश्वास गर्ने आधार मनासिव देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल उनलाई संगठित अपराध ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.बं.११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि मोरङ कारागार पठाएको हो । 

एसएसपी श्यामबहादुर खत्रीले आजै मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया