धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
बझाङ – नेपाल सरकारले राष्ट्रिय गाैरवकाे याेजनामा बझाङकाे चैनपुर–ताक्लाकाेट सडक खण्डलाई पनि पारेकाे छ । यद्यपि यो योजनाको काम कछुवा गतिमा भइरहेकाे छ । बझाङको सदरमुकाम चैनपुरबाट एक सय १७ किलोमिटरको दुरीमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बतलाई जोड्ने सडक खण्डकाे काम निकै ढिलाे गरी भइरहेकाे हाे ।
यस सडकको चैनपुर रुवातोलासम्म १८ किलोमिटर विकेन्द्रीकृत पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम (ड्रिलिप) ले २०६८ सालमै निमार्ण सम्पन्न गरेको थियो । तर अहिलेसम्म त्योभन्दा माथि झण्डै १८ किलोमिटर मात्रै सडक कटान भएको छ । सन् २०१२ मा डीपीआर तथा सर्भे भएर २०६८ सालमा यस सडक खण्डको निर्माण कार्य सुरु भएको थियो । २०७२ सालदेखि नागार्जुन स्वछन्द बानिया निर्माण सेवा र राजेन्द्र निर्माण सेवाले सडक कटानको काम गरिरहेका छन् ।
भोपुरदेखि १८ किलोमिटर रुपातोलाको सिमानासम्म राजेन्द्र निर्माण सेवाले सडक कटानको जिम्मा लिएको छ भने त्योभन्दा माथि नागार्जुन स्वछन्द बानिया निर्माण सेवाले सडक कटानको जिम्मा पाएको छ ।
२०७२ सालदेखि अहिलेसम्म ३६ किलोमिटर मात्रै सामान्य ट्र्याक खोल्ने काम भएको छ । जसमा १८ किलोमिटर २०६८ सालमा नै ड्रिलिपले ट्रयाक खोलेको थियो । अहिले भोपुरदेखि रुवातोलको सिमानासम्म डबल कटिङ गर्ने कामसमेत सुस्त गतिमा भइरहेको छ ।
याे सडक खण्ड निर्माणमा सरकारले नै चासो नदिएकै कारण काम राम्रोसँग सञ्चालन हुन नसकेको माओवादी केन्द्र बझाङका अध्यक्ष मीनबहादुर कुँवरले बताउनुभयो । यसमा निर्वाचित जनप्रतिनिधिले पनि चासाे दिएर सरकारलाई घचघचाउनु पर्ने उहाँकाे भनाइ छ ।
नेपाली कांग्रेस बझाङका पार्टी सभापति हर्कजङ्ग बहादुर सिंहले सडककाे काम ढिलाे हुनुमा अहिलेको सरकारकै लापर्बाही भएको आरोप लगाउनुभयो । निर्माण कम्पनीलाई ताकेता गर्नुपर्ने भए पनि त्यसमा सरकारले चासाे नै नदिएकाे उहाँले बताउनुभयाे ।
४० किलोमिटर सडकको मात्रै ठेक्का सम्झौता भएकोमा अहिलेसम्म झण्डै ७० करोड रुपैयाँ खर्च भएको चैनपुर–ताक्लाकोट सडक खण्डका सब–इन्जिनियर विष्णुराज खातीले बताउनुभयो । यस सडक खण्डमा वर्षमा पाँच महिना मात्रै राम्रोसँग काम हुने त्योबाहेक अरू महिना काम गर्न गाह्रो हुने गरेका कारण ढिलाइ भएकाे स्वीकार गर्नुभयो । तीन महिना हिमपातका कारण काम बन्द हुन्छ, खातीले भन्नुभयो तीन महिना बर्खाको समयमा समस्या हुन्छ । अहिले कडा चट्टान भएका कारण पनि सडक निर्माणमा ढिलाइ भएकाे उहाँले बताउनुभयाे ।
चैनपुर–ताक्लाकोट सडक खण्डका कार्यलय प्रमुख बलिराज मल्लले काम सुस्त गतिमा भएको स्वीकार गर्दै निर्माण कम्पनीलाई ताकेता गरिरहेकाे बताउनुभयाे । अहिले चट्टान फुटाउने प्राविधिककाे सङ्ख्या कम हुँदा पनि काममा ढिलाइ भएकाे उहाँकाे भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले यसतर्फ आफ्नाे चासाे पुगेकाे बताउँदै सडक खण्डका प्रमुखसँग बुझ्दा बजेटअनुसारको प्रगति भएको र बजेट नै कम भएका कारण समस्या भएको आफूलाई जानकारी दिएको बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।