कर वृद्धिको विरोध गर्दै मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुममा सडक निर्माण ठप्प

 भदौ ६, २०७५ बुधबार १९:२५:४१ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – कर वृद्धिको विरोधमा निर्माण व्यवसायीले तेह्रथुमको म्याङलुङ–हलीमेला खण्डमा निर्माणाधिन मध्य पहाडी लोकमार्ग निर्माणको काम ठप्प पारेका छन् । 

सडक निर्माण सामग्री ढुवानी गर्दै आएका सवारीलाई म्याङलुङ नगरपालिकाले अत्याधिक कर लगाएको भन्दै व्यवसायीले राष्ट्रिय गौरबको आयोजनाको काम नै रोकेका हुन् । 

म्याङलुङ नगरपालिकाले गएको भदौ १ गते देखि लागू हुने गरी करको नयाँ दर रेट निर्धारण गरेर ठेक्का लगाएको थियो । म्याङलुङ नगरपालिकाभित्र उत्खनन, भण्डारण, ओसार पसार र वस्टक राखेको ढुंगा, गिटी, बालुवा लगायतका निर्माण सामग्रीमा कर उठाउन स्थानीय सबिन निर्माण सेवाले जिम्मा लिएको थियो । 

कर उठाउने जिम्मा पाएको कम्पनीले गएको भदौ महिना अगाडि नै खानीबाट उत्खनन् गरी राखेको निर्माण सामग्री ढुवानी गर्दा समेत प्रत्येक पटक कर लाग्ने भन्दै पत्र पठाएपछि सडक निर्माण कम्पनीले कामै रोकेर करको दर घटाउन माग गर्दै विरोध थालेका हुन् । 

सडक निर्माण गर्दा ट्याक्टर र ट्रिपर समेत गरी दैनिक १ सय १५ ट्रिपसम्म ढुंगाा, बालुवा र गिटी ढुवानी गर्नु पर्ने र प्रत्येक पटकको कर तिर्दा दैनिक १० हजार रुपैयाँ भन्दा वढी कर तिर्नु पर्ने अवस्था आएको सडक निर्माण कम्पनीका साइड इन्चार्ज उदय कार्कीले बताउनुभयो । 

कम्पनीले दैनिक यति धेरै कर तिरेर सडक निर्माण गर्न नसक्ने भएकाले काम रोकेर बसेको उहाँले बताउनुभयो । २०७२ मसिंर २० गते ठेक्का सम्झौता गरेर काम थालेको कम्पनीले २०७६ असार ७ गते निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा रहेको छ । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया