अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाडाैं, वैशाख २१ – सिन्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीले शुक्रबार गाडी नचलाए पनि कम्पनीका गाडी भने निर्वाध रुपमा चलिरहेका छन् । काठमाडौंमा साझा, मयूर, महानगर, गोकर्ण, गन्तब्य, ओरेन्ज, स्वयम्भू, काँडाघारी, महालक्ष्मीलगायतका विभिन्न यातायात कम्पनीका गाडी चलिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
यस्तै, काठमाडौंबाट बाहिर जाने टाटा सुमो निर्वाध रुपमा चलिरहेका छन् । पूर्वको लागि लामो दूरीमा सप्तकोशी, हिमगंगा, त्रिवेणी, सोलुखुम्बु, दुधकुण्ड, खुम्बु, सगरमाथा, खाँडादेवी, सिसाखेतलगायतका यातायातका गाडी चलिरहेका छन् । पश्चिमको लागि भेरी, कञ्चनपुर शुक्लाफाँटा लगायतका यातायातका गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै केरुङ यातायातका गाडी रसुवाको लागि र ग्रामिण यातायातका गाडी धादिङको लागि चलिरहेका छन् ।
सरकारले ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका अनुसार दर्ता भएका यातायात प्रालिहरुले आफ्नो सेवालाई निरन्तरता दिएका हुन् । सरकारले आज गाडी नचलाउने यातायात व्यवसायीको रुट परमिट नै खारेज गरिदिने यसअघि नै निर्णय गरेको छ ।
सिन्डिकेटलाई कुनै पनि हालतमा फिर्ता लिन नसक्ने भन्दै सिन्डिकेटको पक्षमा आन्दोलन गर्नेको रुट परमिट नै खारेज गर्ने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ । अत्यावश्यक सेवामा हडताल गर्ने गाडीको विवरण संकलन भैरहेको र विवरण संकलन भएपछि पहिलो दिनमै रुट खारेज गर्ने विभागको तयारी छ ।
सरकारले केही दिनअघि अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना निकालेको छ ।
गाडी चालकले आज आफ्नो इच्छा अनुसारको रुटमा गाडी चलाउन पाउने यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीले गाडी चलाउन बन्द गरेपछि सरकारले आज क्यू फ्री गरेको हो । यात्रुको बढी चाप रहेको ठाउँमा गाडी चलाउन तथा तोकिएभन्दा बढी भाडा नलिन विभागले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।