चीनले फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्...
मंसिर ७, २०८१ शुक्रबार
रामेछाप – जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायणप्रसाद सुवेदीलाई गएराति नचिनेका मान्छेको समूहले छुरा प्रहार गरेका छन् ।
गएराति ९ बजेको समयमा मन्थली नगरपालिका वडा न–१, मच्छेडाँडीमा रहेको आफ्नै घरमा फेसबुक चलाइरहेको अवस्थामा एक नचिनेको मान्छे कोठाभित्र पसेर अधिकृत सुवेदीको पेटमा छुरा प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । कोठामा एक्लै बसिरहेको अवस्थामा छुरा प्रहारपछि सुवेदी चिच्चाएको र घरको वल्लोकोठामा टिभी हेर्दै गरेकी उहाँकी श्रीमतीले थाहा पाउनुभएको थियो ।
घटनापछि स्थानीयहरुले प्रहरीमा खबर गरेका थिए । उहाँलाई गएराति नै मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ । उहाँको अवस्था गम्भीर रहेको तामाकोशी सहकारी अस्पतालका चिकित्सक डा. सुमन कर्माचार्यले जानकारी दिनुभयो ।
घटनापछि रातिदेखि नै घटनास्थल वरपर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । घटना कुन अपराधिक समूहले घटाएको हो भन्ने कुनै एकीन हुन भने सकेको छैन् । घटनामा संलग्न अपराधी चाँडै पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।