पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
संसारमा यस्ता पनि गाउँ छन्, जहाँ पुरुष र महिलाले बोल्ने भाषा नै फरक रहेको छ ।
नाइजेरीयाको उबाङ भन्ने गाउँमा महिलाले र पुरुषले फरक–फरक भाषा बोल्ने गरेका छन् । नाइजेरियाको दक्षिण क्षेत्रमा पर्ने कृषिप्रधान गाउँ उबाङमा पुरुषले बोलेका भाषा महिला बोल्दैनन र महिलाले बोलेको भाषा पुरुषले बोल्दैनन् । अर्थात उनीहरु फरक फरक भाषा बोल्छन् ।
उनीहरु त्यस्तो विशेषता हुनु भगवानले दिएको बरदान सम्झन्छन् । अंग्रेजी भाषा भने सबैको साझा रहेको छ तर पनि अंग्रेजी भाषा लोप हुने अवस्थामा पुगेको बीबीसीले उल्लेख गरेको छ । उबाङ समुदायका प्रमुख ओलिभर इबाङले आफ्ना दुई छोराछोरीलाई बोलाउछन् र याम ‘पिँडालु’ देखाउँदै छोरीलाई सोध्छन्, ‘ह्वाट इट इज कल्ड’(यसलाई के भनिन्छ)
छोरीले नहिच्किचाइ भन्छिन, ‘इरुइ’
तर त्यो यामलाई पुरुषको भाषामा इतोङ भनिन्छ । यस्ता थुप्रै शब्दहरु जो महिला र पुरुषले फरक तरिकाले बुझ्ने गरेका छन् । त्यस समुदायको अध्ययन गरेका मानवशास्त्री चि चि उण्डाइ भन्छन्, ‘दुई लिङ्गले फरक फरक भाषको प्रयोग गर्छन् ।’
‘पुरुष र महिला दुवैले प्रयोग गर्ने धेरै शब्दहरु छन्’, मानवशास्त्री उण्डाइ भन्छन्, ‘पुरुष र महिलाले प्रयोग गर्ने केही शब्दहरु पूर्ण रुपमा फरक छन् । उनीहरुको उच्चारण, शब्द र भाषा नै फरक हुने गरेको छ ।’
पुरुष र महिलाले फरक–फरक बोले पनि एक अर्काको भाषा दुवैले राम्रोसँग बुझ्छन् । बच्चाहरु हुर्काउँदा नै उनीहरुले दुवैको भाषा बोल्न सिकेका हुन्छन् । पुरुष १० वर्षका भएपछि ‘पुरुष भाषा’ बोल्न थाल्छन् ।
बच्चाको उमेर पुगेपछि आफ्नो भाषा बोल्न थालेन भने त्यो व्यक्ति असामान्य रहेको बुझिने उनले बताए । उबाङका नागरिकहरु आफ्नो समुदायमा पुरुष र महिलाको फरक फरक भाषा हुनु गर्वको विषय रहेको बताउँछन् । फरक फरक भाषा हुनु नै आफ्नो फरक पहिचान भएको उनीहरुको बुझाइ छ ।
उबाङ समुदायका प्रमुख भन्छन्, ‘भगवानले एडम र इभ बनाएका थिए र उनीहरु नै उबाङ नागरिक हुन् ।’ उनीहरु आफूलाई विश्वमा अन्य मान्छेभन्दा फरक भएको बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।