भन्सार महसुल घटेसँगै सुनकाे भाउ एकैदिन तोलामा १५ हजार नौ स...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - अष्ट्रेलियाले भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेल चलान गर्न सक्ने भएको छ ।
भारतमा कोरोना महामारी बढेसँगै भारतबाट आफ्ना नागरिकसहित सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल या ६६ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने नियम पारित गरेको बीबीसीले जनाएको छ ।
भारतमा अहिले नौ हजार अष्ट्रेलियाका नागरिक रहेकामा ६ सय जनालाई जोखिमयुक्त समूहमा राखिएको खबरमा उल्लेख छ । आफ्ना परिवार भारतमा कोरोनासँग सङ्घर्ष गरिरहेको अवस्थामा सरकारले यस्तो नियम लगाउनु गलत भएको आवाज उठे पनि अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले भने सरकारले हल्का ढङ्गले निर्णयहरू नगरेको बताउनुभयो ।
भारतमा सङ्क्रमणदर बढेसँगै अमेरिकासहितका कयाैँ देशले भारतसँगका उडान बन्द गरेका छन् । भारतमा हिजो एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा कोरोना पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।