लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु नै नभइ अन्त्य

 वैशाख १९, २०७८ आइतबार १३:३६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – आइतवार (आज) बोलाइएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सुरु नै नभइ अन्त्य भएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि यसबारे छलफल गर्न विशेष अधिवेशन बोलाइएको थियो । अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशनको औचित्य नभएको भन्दै बैठक नै नबसी विशेष अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन अन्त्य भएको पत्र पठाएपछि संसद् सचिवालयले सूचना टाँसेर अन्त्य भएको जनाएको हो । आज दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाइएको थियो ।

आजको बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर बैठकअघि नै पोखरेलले  राजीनामा दिनुभएको थियो । पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमालेले लुम्बिनीमा फेरि पोखरेलकै नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको छ । 

प्रदेश संसदीय दलको बिहान बसेको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको एमाले रुपन्देहीका इञ्चार्ज दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेले भन्नुभयो, ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बन्ने भएको छ । बहुमतीय सरकार एक/दुई दिनभित्र बन्नेछ ।’

 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया