धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेले कोरोना भाइरसकाे सङ्क्रमण र यसको रोकथाम तथा नियन्त्रणमा लाग्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । आइतवार (आज) बसेको आकस्मिक स्थायी कमिटी बैठकमा कोरोना सङ्क्रमण र यसको नियन्त्रणबारे छलफल भएको हो ।
यस्तै बैठकले कोरोना बिरामीहरूकाे उपचारका लागि आवश्यक पूर्वाधार, शय्या, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आजको बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत भएको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।
यस्तै आजको बैठकमा लुम्बिनी प्रदेशको पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले ‘ब्रिफिङ’ गर्नुभएको ज्ञवालीको भनाइ रहेको छ ।
यसैबीच स्थायी कमिटी बैठक सकिनासाथ प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको थियो । केहीबेर कुराकानी गरेर उहाँ फर्कनुभएको छ । उहाँहरूबीच लुम्बिनी प्रदेशमा देखिएको राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएलगत्तै प्रधानमन्त्री ओली सक्रिय बन्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।