४२ सांसदको हस्ताक्षरसहित लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी

 वैशाख १९, २०७८ आइतबार १७:३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।

नेता केसीले प्रदेश सभाका ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसँग दाबी पेस गर्नुभएको हो । तर प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शङ्कर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिसक्नुभएको छ ।

हस्ताक्षर गरेका ४२ सांसदमध्ये सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साविककाे नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा हस्ताक्षर गरेका छन् । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया