अमेरिकाले १२ देखि १५ वर्ष उमेर समूहलाई फाइजर खोप दिन अनुमति दिने

 वैशाख २१, २०७८ मंगलबार ९:२५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी खाद्य तथा औषधि नियामक एफडीएले १२ देखि १५ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोरोना विरुद्धको खोप दिन अनुमति दिने भएको छ ।

एफडीएले आउँदो हप्ता कोरोना भाइरसविरुद्धको फाइजर खोप १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई लगाउन स्वीकृति दिने तयारी गरेको एफडीएका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था सीएनएनले जनाएको छ । १२ देखि १५ वर्ष उमेर समूहका २२ सय ६० जनामा गरेको परीक्षणमा शत प्रतिशत राम्रो नतिजा आएपछि अनुमति दिन लागेको खबरमा उल्लेख छ ।

यसअघिका कुनै पनि खोप १६ वर्षमुनिकालाई लगाउन अनुमति दिइएकाे छैन । फाइजरको खोप यसअघि १६ वर्षमाथिकालाई र अन्य खोप १८ वर्षमाथिका लागि अनुमति प्राप्त छन् । कोरोना भाइरसका पछिल्ला भेरियन्टहरुले बालबालिकामा सङ्क्रमण तथा मृत्युको दर बढाएपछि कम उमेरकालाई खोप दिनेबारेमा परीक्षणहरु भइरहेका छन् ।

फाइजर कम्पनीले आफ्नो खोप ६ महिनादेखि वर्षसम्मका बालबालिकाका लागि पनि परीक्षण भइरहेको र सम्भवत सन् २०२२ सम्ममा १२ वर्षमुनिका बालबालिकालाई खोप तयार हुने फाइजर कम्पनीलाई उदृत गर्दै सीएएनले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया