पदमुक्तपछि स्वतन्त्र महसुस गरेको छु : शेरचन

 वैशाख २१, २०७८ मंगलबार १४:३४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

गण्डकी – गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख अमिक शेरचनले रहरले भन्दा पनि बाध्यताले लिएको पद गुमेपछि आफू स्वतन्त्र भएको बताउनुभएको छ । पोखरामा पत्रकार सम्मेलन गरेर शेरचनले राजनीतिमा ६२ वर्ष बिताएको भन्दै आफूलाई कुनै पनि पदको लोभ नभएको बताउनुभयो ।  

पदबाट हटाइएकोमा उहाँले ‘अधिकारविहीन खुला जेलबाट मुक्त हुन पाउँदा खुसी रहेको’ प्रतिक्रिया दिनुभयो । उहाँले आफूलाई जानकारी विनै हटाइएको र आफू हटेको कुरा सञ्चार माध्यमबाट थाहा पाएको पनि बताउनुभयो । उहाँले नेपालको राजनीति निरङ्कुशतातिर धकेलिएको पनि बताउनुभयो ।

शेरचनलाई राष्ट्रपति भण्डारीले साेमवार (हिजो) बेलुका पदमुक्त गर्नुभएको हो । गण्डकी प्रदेशको प्रमुखमा एमाले नेतृ सीता पौडेलले शपथ लिइसक्नुभएको छ । 

राष्ट्रपतिले हिजाे सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर उहाँकाे ठाउँमा गङ्गाप्रसाद यादवलाई नियुक्त गर्दै शपथ ग्रहण गराउनुभएकाे थियाे ।  

दुवै प्रदेशमा माओवादी निकटका प्रदेश प्रमुख थिए । प्रदेश प्रमुखका कारण गण्डकीमा एमाले सरकारले मनपरी गर्न नपाएको र सुदूरपश्चिममा माओवादीको सरकारलाई सजिलो बनाइदिएको सरकारका मन्त्रीहरूले बताउँदै आएका थिए । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया