भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको ज्यान गयो
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डौ उपत्यकामा लगाइएकाे निषेधाज्ञा आउँदो २९ गते राति १२ बजेसम्म लम्बिएकाे छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा थप कडाइसहित आउँदो २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराईले जानकारी दिनुभयो ।
बैठकले खाद्यन्न तथा फलफुल पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाउने व्यवस्था गरेको छ । यस्तै सरकारी कार्यालयमा २५ प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्ने तथा बैंकको केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै कर्मचारी उपस्थित भएर काम गर्न पाउने निर्णय गरेको छ ।
बैठकले सबै बैंकले जिल्लामा रहेका आफ्ना शाखामध्ये २५ प्रतिशत शाखा मात्रै खोल्न पाउने भएका छन् । बैठकले यसअघि जारी गरेका सबै पास खारेज गर्दै अब मृत्यु संस्कार लगायत अत्यावश्यक काममा मात्रै पास जारी गर्ने निर्णय पनि गरेको छ ।
सडकमा चहलपहल धेरै रहेकाले अत्यावश्यकबाहेकका सवारीको जाँच तथा कारबाहीलाई थप कडा गर्ने निर्णय पनि भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । उपत्यकामा यसअघि गएको १६ गते जारी भएको निषेधाज्ञा बुधवार (भोलि) राति सकिँदैछ । बिहीवार (पर्सि) देखि नयाँ मापदण्डसहितको निषेधाज्ञा लागू हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
RAVI RANJIT
May 28, 2021, 12:37 p.m.निषेधाज्ञा त ठिकै हो तर, बित्तीय सस्थाहरु नखोल्दा जनमानसमा थप समस्या परेको छ, त्यस्तै सुरक्षाकर्मीहरुको ब्यबहारमा परिवर्तन हुनु जरुरी छ, तथानाम हप्कीदप्की गर्ने अशोभनीय तरिका राम्रो होइन, जनताको बाच्न पाउने अधिकार खोस्नु भएन , धन्यवाद जय मातृभुमी नेपाल ।