दाङमा एम्बुलेन्सले आफूखुशी भाडा उठाउन थालेपछि अनुगमन समिति गठन

 वैशाख २३, २०७८ बिहीबार ९:२७:३७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा एम्बुलेन्सले आफूखुशी भाडा उठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा अनुगमन समिति गठन भएको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राणाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, दाङ जिल्ला उद्योग वाणिज्य सङ्घ, देउखुरी उद्योग वाणिज्य सङ्घ, रेडक्रस सोसाइटी, संयुक्त एम्बुलेन्स चालक समिति, जिल्ला भित्रका सबै पालिकाका प्रतिनिधि सदस्य रहने गरी अनुगमन समिति गठन गरिएको हो ।

अस्पताल र एम्बुलेन्स चालकहरुले कोरोनाको बहानामा सङ्क्रमित तथा अन्य बिरामीलाई ठग्ने गरेको गुनासो आएकाले त्यसलाई रोक्न समिति गठन गरिएको हो । प्रमुख जिल्ला अधिकारी पौडेलले बढी भाडा लिनेलाई कारबाही हुने बताउनु भएको छ । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया