कोरोना सङ्क्रमणबाट पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन

 वैशाख २३, २०७८ बिहीबार १२:४१:४४ | उज्यालो सहकर्मी

बाँके - पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन भएको छ ।

कोभिड सङ्क्रमण भइ भेरी अस्पतालमा उपचार गराइरहनुभएका पहाडीको  गएराति ७७ वर्षको उमेरमा निधन भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको निवासमा होम आइसोलेशनमा रहनुभएका पहाडीलाई स्वास्थ्यमा समस्या भएपछि हिजो मात्रै अस्पताल भर्ना गरिएको हो ।

डोल्पाबाट निर्वाचित सांसद पहाडी २०५३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिलो कानुन राज्यमन्त्री र पछि वन तथा भू-संरक्षण र आपूर्ति मन्त्री बन्नुभएको थियो ।
 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया