अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – कोरोना भाइरसका सङ्क्रमितलाई आवश्यक पर्ने औषधि रेम्डेसिभिरको कालोबजारी गर्ने एक जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।
झन्डै ३० हजार पर्ने ६ थान रेम्डेसिभिर एक लाख २० हजार रुपैयाँमा बिक्री गर्ने गोरखा घर भएका टोखा बस्ने रफिक मियालाई प्रहरीले पक्राउ गरेको हो । मियालाई औषधिसहित बसुन्धराबाट महानगरीय अपराध महाशाखा मीनभवनको प्रहरी टोलीले पक्राउ गरेको हो ।
मियाले महाराजगञ्जको सेवक फर्माका दीपक ढकालसँगको मिलेमतोमा औषधि ल्याएको खुल्न आएको छ । कालोबजारीमा संलग्न दीपक ढकाल फरार रहेकाले उनको फर्मा सिल गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।