भारतमा बिरामी बोकेर उडेको जहाजको पाङ्ग्रा बीचमै खस्यो, मुम्बईमा सकुशल अवतरण

 वैशाख २४, २०७८ शुक्रबार ६:५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको नागपुरबाट बिरामी बोकेर उड्दाउड्दै पाङ्ग्रा खसेको एक एअर एम्बुलेन्स गएराति मुम्बईमा सकुशल अवतरण भएको छ ।

नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्तसहित उडेको एक बीचक्राप्ट जहाजको उड्नेबित्तिकै पाङ्ग्रा खसेको थियो । पाङ्ग्रा नै नभए पनि पाइलटले कुशलता देखाउँदै राति झण्डै सवा नौ बजेतिर मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएका बीबीसीले जनाएको छ ।

आकस्मिक अवतरण गरेको जहाजमा आगो नलागोस् भनेर धावनमार्गमा फोम राखिएको थियो । पाइलट र बिरामी सुरक्षित छन् । पाङ्ग्राबिनाको जहाजलाई सकुशल अवतरण गराएको भन्दै नागरिक उड्डयनमन्त्री हरदीप पुरीले पाइलटको प्रशंसा गर्नुभएको छ । यस घटनाका कारण केही घण्टा विमानस्थलको उडान बन्द भएको थियो ।

भारतकै मध्यप्रदेशको ग्वालियरमा कोरोनाका बिरामीको लागि रेम्डिसिभिर औषधि बोकेको जहाज धावनमार्गबाट चिप्लिएर चौरमा पुगेको छ । विमानका दुई जना पाइलट घाइते भएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया