महोत्तरीको बर्दिबासका पाँच वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिं...
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - ब्राजिलमा लागुऔषध तस्करको गिरोह र प्रहरीबीच भएको झडपमा वरिष्ठ प्रहरी अधिकारीसहित २५ जनाको ज्यान गएको छ ।
रियो दि जेनेरियोमा लागुऔषध तस्करको गिरोहले बालबालिकालाई पनि भर्ना गरेर तस्करीमा लगाउँदै गरेको सूचनापछि प्रहरीले अप्रेसन थालेको थियो ।
अप्रेसनको शिलशिलामा तस्करहरुले प्रहरीमाथि अत्याधुनिक हतियार चलाएका थिए । प्रहरीको गोली लागेर र घरको छतबाट हाम फाल्ने क्रममा २० जनाभन्दा धेरै तस्करको ज्यान गएको बीबीसीले जनाएको छ । घटनामा एक वरिष्ठ प्रहरी अधिकारीको पनि ज्यान गएको खबरमा उल्लेख छ ।
पक्राउ परेका केही व्यक्तिबाट अत्याधुनिक हतियार र महत्त्वपूर्ण सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । दुई पक्षको गोली हानाहानको बीचमा दुई वटा मेट्रो रेल पनि फसेका थिए, तर यात्रु भने सुरक्षित रहेका छन् । रियो दि जेनेरियोमा लागुऔषध, मानव बेचविखन र हत्या हिंसा मच्चाउने ठूलो गिरोह बस्दै आएको खबरमा उल्लेख छ ।
सन् २०१६ देखि प्रहरीले तस्करहरुविरुद्ध अप्रेसन चलाउँदै आए पनि अपराध नियन्त्रणमा आउन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।