महोत्तरीको बर्दिबासका पाँच वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिं...
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – निषेधाज्ञाकै बीचमा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउन समस्या परेको भन्दै उद्योगी–व्यवसायीले समय थपको माग गरेका छन् । अघिल्लो महिनाको भ्याट अर्को महिनाको २५ गतेभित्रै बुझाइसक्नुपर्ने नियम रहे पनि यस पटक निषेधाज्ञाका कारण समस्या भएको उद्योगी, व्यवसायीको गुनासो छ ।
भ्याट तिर्ने समय थपका लागि आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयमा समेत उद्योग वाणिज्य क्षेत्रका सङ्घ–सङ्गठनले निवेदन दिएको महानिर्देशक झक्कप्रसाद आचार्यले जानकारी दिनुभयो । विभागमा आएका निवेदनलाई अर्थ मन्त्रालयमा पठाइएको र म्याद थपको निर्णय मन्त्रालयबाटै हुने आचार्यको भनाइ छ ।
निषेधाज्ञाकै बीचमा पनि भ्याट सङ्कलन भने उत्साहजनक रहेको उहाँले बताउनुभयो । ‘यो व्यावहारिक समस्या हो, हामीकहाँ आएका निवेदन अर्थमा पठाएका छौँ, उद्योगी–व्यवसायी अर्थ मन्त्रालयमै पुग्नुभएको रहेछ, मन्त्रालयले पक्कै केही छलफल गर्ला’, आचार्यले भन्नुभयो ।
अर्थसचिव शिशिरकुमार ढुङ्गानाले पनि मन्त्रालयमा निवेदन आएको जानकारी दिँदै छलफलकै क्रममा रहेको बताउनुभयो ।
गएको वर्ष लकडाउनका कारण समस्यामा परेको भन्दै फागुन र चैत महिनामा बुझाउनुपर्ने भ्याटलाई पनि जेठको २५ गतेसम्म पुर्याइएकाे थियो ।
लक्ष्यअनुसार सङ्कलन भइरहेको दाबी
आन्तरिक राजस्व विभागको सङ्कलन तथा राजस्व प्रक्षेपण शाखाका शाखा अधिकृत भीमप्रमास देवकोटाले निषेधाज्ञाको बीचमा पनि भ्याट सङ्कलन बढिरहेको र लक्ष्य प्राप्तिको बाटोमा रहेको बताउनुभयो ।
‘चैत महिनामा नौ अर्ब ६६ करोड रुपैयाँ भ्याट उठाउनुपर्नेमा २४ गते दिउँसोसम्म पाँच अर्ब ७४ करोड रुपैयाँ सङ्कलन भइसकेको छ, अन्तिम दुई दिन राजस्व बुझाउनेहरू निकै धेरै छन्’, देवकोटाले भन्नुभयो ।
यो आर्थिक वर्षका लागि भ्याटको लक्ष्य एक खर्ब १२ अर्ब रुपैयाँ रहेकोमा आजसम्म ९१ अर्ब २९ करोड रुपैयाँ उठेको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।