नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – चितवन एफसी, नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । दशरथ रङ्गशालामा शुक्रवार (आज) भएको खेलमा पोखरा थन्डर्ससँग दुई–एक गाेल अन्तरले हारेपछि चितवन प्रतियाेगिताबाट बाहिरिएको हो ।
चितवनले आफैले बनाएको अग्रता जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो । ७२ मिनेटमा शिशिर लेखीले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । तर ८६ औँ मिनेटमा नवयुग श्रेष्ठ र इन्ज्युरी समयमा राफायलले गोल गर्दै पोखरालाई जिताए । ८२ औँ मिनेटमा चितवनका किपर विशाल सुनार रातो कार्ड खाँदै बाहिरिएपछि पोखराले दबाब बढाएको थियो ।
आजको जितसँगै आठ अङ्कका साथ तेस्रो स्थानमा पुगेको पोखराले प्ले अफ सम्भावना बलियो बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।