काठमाण्डौमा सार्वजनिक ठाउँमा फोहर फाल्नेलाई ५ देखि १५ हजार र...
फागुन १७, २०८१ शनिबार
रसुवा – राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी मैलुङ सडकको २५ किलोमिटर कालोपत्रे सकिएको छ । रसुवागढी नाका जोड्ने छोटो दूरीको रूपमा रहेको पहिलो खण्डमा ४६ किलोमिटर कालोपत्रे गरिने छ । जसमा हालसम्म २५ किलोमिटर सडकमा दोस्रो लेयरको कालोपत्रे भइसकेको छ ।
चालु आर्थिक वर्ष २०७७/७८ मा ४१ किलोमिटर कालोपत्रे गरिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसीं–रसुवागढी सडक योजनाले जनाएको छ । बाँकी ५ किलोमिटर सडकको आउँदो आर्थिक वर्षभित्र कालोपत्रेको काम गरिने छ । नुवाकोटको विदुर क्षेत्रमा ६ किलोमिटर र बेत्रावतीमा डेड किलोमिटर क्षेत्रमा बाहेक अन्य क्षेत्रमा कालोपत्रे धमाधम भइरहेको छ । विदुर क्षेत्रमा अदालतको स्टे अडर र बेत्रावती क्षेत्रमा जग्गाको विवाद कायमै छ ।
कोरोनाले काममा केही समस्या आएको भए पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गरिरहेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको लागि तीन खण्डमा विभाजन गरिएको छ । जसअन्तर्गत पहिलो खण्डको स्तरोन्नतिको काम अहिलेसम्म करिब ६८ प्रतिशत भएको छ ।
२०७५ जेठ ६ गते मैलुङ स्याफ्रु सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापार सहज बनाउनका लागि सडकको निर्माण गरिएको हो । अहिले यस क्षेत्रमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ ।
चालु आर्थिक वर्षमा केही भाग ग्राभेलको काम सकाइने योजना प्रमुख भण्डारीले बताउनुभयो । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shreekrishna Pyakurel
May 8, 2021, 1:45 p.m.मुआब्जाकाे लागि सडक याेजनाकाे पहल प्रति चासाे कम भैरहेकाे आभाष भएकाेछ । गेर्खु खण्डकाे जग्गाकाे मुआब्जा प्रति ध्यान जाओस ।