शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम भने ७ अर्ब रुपैया...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाैमा बढी भाडा लिएर यात्रुलाई ठगी गर्ने थप सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएपछि भएको छड्के जाँचका क्रममा उनीहरु पक्राउ परेका प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीबाट आएका र अत्यावश्यक काम परि उपत्यका बाहिरका जिल्लाहरु जानु पर्ने यात्रुहरुसँग तोकिएको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीलाई कलंकी र बसपार्क क्षेत्रबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो ।
सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भइ थानकोट बस्ने मनु अर्याल र उनकै छोरा अनु अर्याललाई पक्राउ गरेको छ । त्यस्तै नारायणी यातायात काउण्टरका टिकट बुकिङ् स्टाफ हेटौंडाका नवराज घिमिरे, बिपिन सुवेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ् इन्चार्ज सुन्धारा काठमाण्डौका ज्ञानेन्द्र साह पक्राउ परेका हुन ।
उनीहरुले धनुषा, महोत्तरी र वीरगञ्ज जाने यात्रुहरु संकलन गरी प्रति व्यक्ति पच्चिस सय देखि तीन हजारसम्म भाडा लिने गरेको पाइएको छ । उनीहरु पाँचै जनालाई आवश्यक कारबाहीको लागी प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ । त्यसैगरि गाेंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग ६ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रा.ली.का कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागीराम छिनाललाई पक्राउ गरि थप कारबाहीको लागि प्रहरी प्रभाग नयाँबसपार्कमा बुझाएको समेत महाशाखाले जनाएको छ ।
पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु नै बढी भाडा लिएको कसुरमा पक्राउ पर्ने क्रम बढेको छ । यस अघि महाशाखाले १६ जनालाई पक्राउ गरि कारबाही गरेको पनि जनाएको छ । प्रहरीले बढी भाडा लिएको भए १०० वा ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा सम्पर्क गरे जानकारी गराउन आग्रह पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।