संवैधानिक परिषद्को बैठक सकियो, विभिन्न आयोगमा नियुक्ति सिफारिस

 वैशाख २६, २०७८ आइतबार ११:४७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संवैधानिक परिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोग, महिला आयोगसहित केही आयोगमा रिक्त रहेका पदमा नियुक्ति सिफारिस गरेको छ । तर कुन आयोगमा कसलाई सिफारिस गरियो भन्ने अझै खुलेको छैन ।

रिक्त धेरै पदपूर्तिको लागि पदाधिकारीको नाम सिफारिस भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा उपस्थित हुनुभएन । प्रधानमन्त्री ओलीले संसद छलेर स्वेच्छाचारी रुपमा अध्यादेश ल्याएको र संवैधानिक परिषद्को बैठक बोलाएको भन्दै सापकोटा यसअघिको बैठकमा पनि सहभागी हुनुभएको थिएन ।

पछिल्लो पटक बैशाख २१ गते जारी भएको अध्यादेशमा अध्यक्ष र तीन सदस्य अर्थात् चार जना उपस्थित भएमा गणपूरक संख्या पुग्ने व्यवस्थालाई परिवर्तन गरी तीन जना मात्र भए निर्णय वैध हुने व्यवस्था नयाँ अध्यादेशमा छ । परिषद्मा प्रधानमन्त्री अध्यक्ष तथा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्ष दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ ।

अहिले उपसभामुखको पद रिक्त छ । प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष बैठकमा सहभागी भए नयाँ अध्यादेशअनुसार कोरम पुग्नेगरी ओली सरकारले अध्यादेश ल्याइसकेको छ ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया