ठाकुरको अडान : प्रधानमन्त्रीलाई विश्वासको मत दिन्नौँ, नयाँ सरकारलाई पनि साथ रहन्न

 वैशाख २६, २०७८ आइतबार १२:३४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र अर्को सरकार गठनमा पनि सहयोग नगर्ने बताउनुभएको छ ।

आइतवार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुग्नुभएका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोले जसपाले नयाँ सरकारलाई साथ दिने निर्णय नगरेकाले जसपाको भर गरेर अघि बढे गलत हुन सक्ने बताउनुभएको हो ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईले ओलीलाई विश्वासको मत नदिने र नयाँ सरकारमा कांग्रेस र माओवादीलाई साथ दिने निर्णय गरिसकेका छन् । तर ठाकुरले भने उपेन्द्र यादवको व्यक्तिगत निर्णयको पछि नलाग्न देउवालाई सुझाव दिनुभएको छ । 

देउवालाई भेटेलगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानुभएका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मत नदिने बताएका छन् । ‘अहिले तपाईँलाई विश्वासको मत दिन सक्ने अवस्था छैन, हामी तटस्थ बस्छौँ, सहयोगको धेरै आशा नगर्नुहोला’, ठाकुरले भन्नुभएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले सत्ता सञ्चालनमा मिलेर जान सकिने ठाउँ रहेकाले आफूलाई साथ दिन आग्रह गर्नुभएको थियो ।  

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया