धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेबाट निलम्बनमा पर्नुभएका वरिष्ठ नेता माधव नेपालसँग ओली पक्षका नेता विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङबीच छलफल भएको छ । छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दुई जना नेतालाई सिंहदरवार पठाउनुभएको थियो ।
‘ओली कमरेडले माधवजी लाई फोन गरेर मैले साथीहरू पठाएको छु भन्नुभएको थियो, त्यसैअनुसार हामीले छलफल गर्याैँ, समस्या कहाँनेर हो छलफल गरौँ र समस्या समाधान गरौँ, पार्टी फुट्ने कुरा नगरौँ भनेका छौँ’, नेम्वाङले उज्यालोसँग भन्नुभयो ।
नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिन लागेको विषय पनि छलफलमा उठेको थियो । ‘हामीले तपाईँहरूले राजीनामा दिन लाग्नुभएको कुरा पनि सुनेका थियौँ भनेर कुरा राख्यौँ, राजीनामाको कुरा सुन्दा माधव कमरेडले टाउको हल्लाउनुभयो, खासै केही बोल्नुभएन’, नेम्वाङले भन्नुभयो ।
पार्टीमा रहेका समस्या वार्ता र संवादबाट टुङ्ग्याउनुपर्नेमा अध्यक्ष ओलीको जोड रहेको कुरा आफूहरूले राखेको पनि नेम्वाङले जानकारी दिनुभयो । छिट्टै फेरि वार्तामा बस्ने कुरा भएको र यो बीचमा राजीनामा दिने जस्ता तिक्ततापूर्ण कुरा नहोस् भन्ने कुरा आफूहरूले राखेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।