माधव नेपाल समूहको अल्टिमेटम : भोलि बिहान ९ बजेसम्म अध्यक्ष ओलीलाई अन्तिम मौका

 वैशाख २६, २०७८ आइतबार २०:२७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिएको छ । खनाल–नेपाल समूहले २०७५ जेठ २ गतेको अवस्थामा फर्कन अध्यक्ष ओलीलाई साेमवार (भोलि) बिहान ९ बजेसम्म अन्तिम मौका दिएको हो ।

सिंहदरबारमा आज बसेको खनाल–नेपाल समूहको बैठकले ओलीले भोलि बिहान नौ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे भोलि नै बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

बैठकपछि माधव नेपाल समूहका नेता योगेश भट्टराईले भन्नुभयो, ‘हामीले अध्यक्ष ओलीको निरन्तर ध्यानाकर्षण गराएका छौँ । सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिबद्धता पनि खोजेका छौँ, त्यसका लागि भोलि बिहान ९ बजेसम्मको समय दिन्छौँ ।’

उहाँले भन्नुभयो, ‘जेठ २ गते २०७५ सालको अवस्थामा फर्केर पार्टी र सङ्गठनलाई सञ्चालन गर्ने कुरा र आउँदा दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने कुरामा उहाँको प्रतिबद्धता हामीले खोजेका छौँ । यदि उहाँले त्यो प्रतिबद्धता जनाउनुभयो भने प्रतिनिधि सभामा हाम्रो उपस्थिति हुन्छ र हामी विश्वासको मतको पक्षमा मतदान गर्छौँ । त्यो स्थिति भएन र एउटा समूहलाई किनारा लगाउने, पेल्ने, धकेल्ने, कारबाही गर्ने, हतोत्साही गर्ने, डर , धाक, धम्की दिने, सत्ताको दुरुपयोग गर्ने जस्ता क्रियाकलापहरू निरन्तर भए भने हामीले भोलि वैशाख २७ गते जे निर्णय गर्नुपर्ने हो त्यो निर्णय गर्छौँ । र सम्पूर्ण माननीय सदस्यलाई भोलि बिहान साढे ९ बजे संसद् सचिवालयमा निमन्त्रणा गरेका छौँ । ९ बजेसम्म अध्यक्षको प्रतिबद्धताको प्रतिक्षा गर्छौँ । ९ बजेपछि जुन निर्णय गर्नुपर्ने हो । कठोर निर्णय हामी गर्छौँ ।’ 

यसअघि आजै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा लाग्न नेता/कार्यकर्तालाई अपिल गर्नुभएको छ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया