महोत्तरीको बर्दिबासका पाँच वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिं...
फागुन १७, २०८१ शनिबार
खोटाङ – कोभिड–१९ को फैलिँदो सङ्क्रमणलाई मध्यनजर गर्दै खोटाङमा आइसोलेशन केन्द्र विस्तार गर्ने क्रम तीव्र पारिएको छ । कोभिड–१९ का सक्रिय सङ्क्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि अहिलेसम्म खाेटाङका १० वटै पालिकाले आइसोलेशन केन्द्र निर्माण गरिरहेका छन् ।
आइतवारसम्ममा दुई सय २६ आइसोलेशन बेड तयार भइसकेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयो । तर धेरैजसाे आइसोलेशन बेड अक्सिजन विनाकाे बनाइएका छन् ।
कोभिड–१९ को महामारीका लागि खाेटाङमा अहिले एक थान भेन्टिलेटर, ५९ वटा अक्सिजन सिलिन्डर र नाै वटा अक्सिलन कन्सन्ट्रेसर उपलब्ध छन् ।
यस्तै जिल्ला अस्पतालसहित हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिकामा अस्थायी कोभिड अस्पतालका सात वटा एम्बुलेन्सलाई पनि महामारीमा उपयोग गर्न सकिने स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताउनुभयो ।
अहिलेसम्म खाेटाङमा ११ हजार तीन सय ६० जनालाई कोभिड–१९ विरुद्धकाे पहिलो मात्राको खोप र एक हजार तीन सय ६३ जनालाई दोस्राे मात्राको खोप लगाइसकिएको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।