काठमाण्डाै उपत्यकालगायत धेरै ठाउँमा मेघ गर्जनसहित वर्षा, भोलि र पर्सि ठूलो पानी पर्ने

 वैशाख २७, २०७८ सोमबार ८:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पहाडी क्षेत्रका धेरै ठाउँमा आज बिहानैदेखि मेघ गर्जनसहित पानी परेको मौसमविद्ले बताएका छन् ।

वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । काठमाण्डाै, मकवानपुर, नुवाकोट, तनहुँ, लमजुङ, कास्की, चितवनलगायतका क्षेत्रमा मघ गर्जनसहित पानी परिरहेको छ । आज तराईका जिल्लामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार देशभरिकै मौसम बद्ली भएको छ ।

प्रि मनसुनसँगै पश्चिमी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव परेकाले देशभरको मौसम बद्ली भइ केही ठाउँमा पानी परिरहेको हो । पानी पार्ने प्रणाली बन्दै फेरि सर्ने भएकाले एकै ठाउँमा लगातार पानी भने पर्ने छैन । आज राति पनि केही क्षेत्रमा चट्याङसहित पानी पर्ने अनुमान छ ।

यस्तै, भोलि र पर्सि भने देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया