रणवीर-दीपिकाकाे विवाह अाधुनिक इटलीमा, दीपिकाकी आमाले भने पूजाको आयोजना गर्ने

 भदौ ८, २०७५ शुक्रबार १५:३२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

दीपिका पादुकोण र रणवीर सिंह यस वर्षको नोभेम्बर २० मा विवाह गर्न लागेका छन् । 

विवाह भारतभन्दा बाहिर निकै गोप्य तरिकाले इटालीको लेक कोमोमा हुनेछ । यो विवाह दीपिका रणवीरका परिवार तथा आफन्त र केही नजिकका साथीहरुको उपस्थितिमा सम्पन्न हुनेछ । 

विवाहको रिसेप्शन पार्टी मुम्बइमा आयोजना हुनेछ, जहाँ बलिउडका कैयौं कलाकारहरु उपस्थित हुनेछन् ।  

तर अहिलेको खबरअनुसार विवाह हुनु १० दिन अगाडि दीपिकाकी आमा उज्जला पादुकोणले दीपिकाको घरमा ठूलो पूजाको आयोजना गर्नेछिन् । यस पूजाका लागि दीपिकाकी आमाले रणवीर सिंह र उनको परिवारलाई निमन्त्रणा पठाइसकेकी छिन् । 

रणवीर सिंह आफ्नो परिवारजनलाई लिएर नोभेम्बर महिनाको पहिलो हप्ता दीपिकाको बेङ्गलोर स्थित घर जानेछन् । 

खबरहरुका अनुसार दीपिकाकी आमाले आयोजना गर्न लागेको यस पूजालाई नन्दी पूजा भनिन्छ । पूजाकालागि दीपिकाकी आमाले सम्पूर्ण तयारी गरिसकेकी छिन् ।

साथै उनले ब्याङ्गलोर स्थित नन्दी मन्दिर बुकिङ्ग पनि गरिसकेकी छिन भने पण्डितहरुलाई पनि अग्रिम जानकारी गराइसकेकी छिन । विवाहको १० दिन अगाडी आयोजना हुने यस पूजामा रणविर दीपिका सहभागी भएर पूजा गर्नेछन । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया