शनिवार पानी पार्ने प्रणाली भित्रिँदै, तराईमा हुस्सु र कुहिरोक...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – भारतीय प्रहरीले प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा पोस्टर टाँस्नेलाई पक्राउ गर्न थालेको छ । प्रधानमन्त्री मोदीको आलोचना गर्ने र विरोधमा पोस्टर टाँस्ने २५ जना पक्राउ परेका बीबीसी हिन्दीले लेखेको छ ।
राजधानी दिल्लीमा प्रधानमन्त्री मोदीको आलोचना गरिएको पोस्टर टाँस्ने क्रम बढेपछि प्रहरीले पाेस्टर टाँस्नेलाई पक्राउ गर्न थालेको हो । पक्राउ पर्नेमा धेरैजसो गरिब र मजदुर रहेका पनि खबरमा उल्लेख गरिएको छ ।
भारतीय सञ्चारमाध्यम 'इन्डियन एक्सप्रेस' का अनुसार दुई छाक जोहो गर्न पैसाका लागि उनीहरूले यो पोस्टर टाँसेको पाइएको छ । पोस्टरमा आफ्ना बालबालिकालाई दिइने खोप किन विदेश निर्यात गरेको भन्दै प्रश्न गरिएको छ ।
प्रधानमन्त्री मोदीविरुद्ध पोस्टर टाँस्नेहरू पक्राउ पर्न थालेपछि भारतीय कांग्रेस लगायतका दलले विरोध गरेका छन् । भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीले माेदीकाे विराेध गरिएकाे पाेस्टर शेयर गर्दै आफूलाई पक्राउ गर्न चुनाैती दिनुभएकाे छ ।
— Rahul Gandhi (@RahulGandhi) May 16, 2021
केही समययता भारतमा कोरोना महामारी फैलिए पनि सरकारले रोकथाममा ध्यान नदिएको भन्दै नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भईरहेको छ । प्रधानमन्त्री मोदीले कोरोना रोकथामका लागि भन्दा पनि आफ्नो आलोचना दबाउन बढी समय खर्चिएको टिप्पणी हुन थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।