शनिवार पानी पार्ने प्रणाली भित्रिँदै, तराईमा हुस्सु र कुहिरोक...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा कोरोना सङ्क्रमण नियन्त्रण सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । सङ्क्रमणका कारण स्वास्थ्य सेवा अस्तव्यस्त भएको र अक्सिजनकै अभावमा कैयौंको ज्यान गइसकेको दिल्लीमा अब भने अवस्था नियन्त्रणमा आउन थालेको उहाँको भनाइ छ ।
मुख्यमन्त्री केजरीवालले महामारी नियन्त्रणमा अरु प्रयासहरुसँगै लकडाउन पनि प्रभावकारी भएको बताउनुभएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । दिल्लीमा पुनः एक हप्ताका लागि लकडाउन थप गरी मे २४ अर्थात जेठ १० गतेसम्मका लागि पुर्याइएको छ । लकडाउन गर्नुअघि दिल्लीमा सङ्क्रमण दर ३५ प्रतिशत रहेकोमा अहिले झरेर १० दशमलव चार प्रतिशतमा झरेको भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ८१ हजार आठ सय भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार ९२ जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।