भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सले ल्यायो पाँच नेपालीको शव

 जेठ ६, २०७८ बिहीबार १७:३८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अन्तर्राष्ट्रिय उडान बन्द हुँदा साउदीमा अड्किएका पाँच नेपालीको शव नेपाल एयरलाइन्समार्फत स्वदेश ल्याइएको छ ।

वैदेशिक रोजगार बोर्डको पहलमा भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सको वाइड बडी जहाजले हिजो पाँच नेपालीको शव ल्याएको बोर्डले जनाएको छ । 

नियमित उडान रोकिए पनि नेपालमा अलपत्र परेका भारतीय नागरिकलाई साउदी लैजान सरकारले अनुमति दिएपछि नेपाल एयरलाइन्सले चार्डड उडान गरेको हो । जाँदा भारतीय नागरिक लिएर गएको वाइड बडी जहाजले फर्कदा भने नेपालीको शव लिएर फर्किएको बोर्डले जनाएको छ । 

बोर्डका अनुसार साउदीमा अझै करिब १२ जना नेपालीको शव बाँकी रहेको छ । बाँकी शव पनि ल्याउनका लागि बोर्डले अनुरोध गरेको र दूतावासले सबै प्रक्रिया पूरा गरेर पठाउन सम्भव भएसम्म पठाउने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । 

अहिले निषेधाज्ञाको समयमा विमानस्थलसम्म आफन्तहरू शव लिन आउन नसक्ने भएकाले बोर्ड आफैँले शव बुझेर निःशुल्क रूपमा मृतकको घरसम्म पुर्‍याइरहेको छ । बोर्डले वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको शव मृतकको घरसम्म पुर्‍याउन निःशुल्क ढुवानी सेवा उपलब्ध गराउँदै आएको छ । 

कोरोना बाहेक अन्य कारणले परदेशमा ज्यान गुमाउने नेपालीको शव जतिसक्दो चाँडो स्वदेश फिर्तीका लागि पहल गरिरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

कोरोनाको कारण ज्यान गुमाउने नेपालीको शव भने गन्तव्य देशमै अन्त्येष्टिका लागि बोर्डले परिवारसँग अनुमति लिने र नियोगलाई पठाउने काम गरिरहेको छ । गन्तव्य देशमा शव अन्त्येष्टिका लागि अनुमति दिने परिवारलाई बोर्डले राहत स्वरूप ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया