१४ वटा अन्तर्राष्ट्रिय उडान हुँदै, इण्डाेनेसिया र भियतनामबाट एअर एम्बुलेन्स आउने

 जेठ ७, २०७८ शुक्रबार ७:५७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज १४ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुँदैछन् ।

केही यात्रुवाहक, केही कार्गो र दुई वटा एअर एम्बुलेन्सको उडान तथा अवतरणको तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

हिमालय एअरलाइन्सका दुई वटा जहाज चीनको कुम्निङबाट बिहानै आइपुगेका छन् भने राति दुई वटै जहाज फेरि कुम्निङ जाँदैछन् । यस्तै चीनको सिचुआन एअरको कार्गो जहाज छेन्दुबाट मेडिकल सामग्री ल्याएर आउनेछ  र फर्कनेछ । हिजो मेडिकल सामग्री ल्याएर स्पेनबाट आएको आइबेरिया एअरको जहाज आज यात्रु लिएर स्पेनको मड्रिड जाँदैछ ।  

यस्तै हप्तामा दुई दिन उडान हुने तालिका अन्तर्गत एअर इन्डियाको जहाज काठमाण्डौ आएर यात्रु लिएर फर्कनेछ  । यस्तै भियतनामबाट दिउँसाे दुई बजे एउटा एअर एम्बुलेन्स आउँदैछ भने इण्डाेनेसियाबाट पनि सवा चार बजे अर्को एअर एम्बुलेन्स आइपुग्ने तालिका रहेको छ ।

यस्तै बुद्ध एअरले किनेको नयाँ जहाज पनि आज भारतको नयाँ दिल्लीबाट काठमाण्डौ आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया