अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको दैनिक सङ्ख्या आज पनि घटेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ५९ हजार पाँच सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो अघिल्लो दिनको तुलनामा १६ हजार ६ सय ७० जनाले कम रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हिजो पनि सङ्क्रमण पुष्टि हुनेको दैनिक सङ्ख्या घटेको थियो । एकैदिनमा चार लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुन थालेको भारतमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटिरहेको छ । तर सङ्क्रमण घटे पनि मृत्यु हुनेको सङ्ख्या भने उस्तै छ । गएको २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणबाट चार हजार दुई सय नौ जनाले ज्यान गुमाएका छन् ।
यो सङ्ख्या अघिल्लो दिनको तुलनामा तीन सय २९ जनाले बढी हो । भारतमा अहिलेसम्म दुई करोड ६० लाख ३१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई लाख ९१ हजार तीन सय ६५ जनाको ज्यान गएको छ । दुई करोड २७ लाख १२ हजारभन्दा धेरै निको भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।