जसपाको संसदीय दलको बैठक सकियो, कुनै निर्णय भएन

 जेठ ७, २०७८ शुक्रबार १२:४६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

सिंहदरबारमा बसेको बैठकले कुनै पनि निर्णय नगरेको र पछिल्ला राजनीतिक अवस्थाबारे छलफल भएको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो ।

बैठकले कसैलाई समर्थन गर्ने या कसैको विरुद्धमा जाने निर्णय नगरेको उहाँले बताउनुभयो । मधेश आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता संविधान संशोधनको मस्यौदा बनाउनको लागि हिजो प्रधानमन्त्रीसँग कार्यदल बनाउने सहमति भएको जानकारी दिँदै ठाकुरले आफ्नो तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई सदस्य तोकिएको बताउनुभयो ।

उहाँले अहिले जसपा केपी शर्मा ओलीको विपक्षमा नरहेको पनि  बताउनुभयो । त्यस्तै संसदीय दलका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीबाट कार्यदल बनाउने निर्णय हुनु सकारात्मक कुरा भएको बताउनुभयो । बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्ष भने सहभागी थिएन ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया