प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने खेलका कारण अरू काममा ध्यान केन्द्रित हुन नसकेकाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताउनुभएको छ ।
बालुवाटारमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले खास कारण विना नै आफूलाई प्रधानमन्त्रीबाट हटाउन एक वर्ष अघिदेखि विभिन्न खेल भइरहेको र यस्ता खेलका कारण काेभिड–१९ महामारी नियन्त्रण, विकास निर्माणजस्ता काममा केन्द्रित हुन नपाएकाले नयाँ सरकारका लागि पछिल्लो कदम भएको बताउनुभयो ।
सरकारमाथि प्रहार र काम गर्न नदिने वातावरणकै कारण यसअघि संसद् विघटन गरिएको र यदि त्यहीअनुसार सबै दल जुटेका भए यतिबेला नयाँ संसद् र सरकार पाइ देशले गति लिने भए पनि आफ्नो त्यो प्रयास सफल नभएको उहाँले बताउनुभयो ।
‘फेरि पनि उस्तै खेल चलिरहेकाले महामारी नियन्त्रण, विकास निर्माणका काममा केन्द्रित हुने गरी सरकार गठन होस् भन्ने मेराे चाहना छ’, उहाँले भन्नुभयाे । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले नयाँ सरकारलाई त्यो तयारीका लागि सरकार गठन गर्ने बाटो खोलिदिएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।