‘विदेशी लगानीका सिमेन्ट उद्योगमा खर्च कम र मुनाफा धेरै’

 जेठ ७, २०७८ शुक्रबार १४:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपालका सिमेन्ट उद्योगमा थप विदेशी लगानी भित्र्याएमा निर्यातको उच्च सम्भावना रहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले सरकारी र निजी स्वामित्व रहेका उद्योगको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगको सञ्चालन र मुनाफा राम्रो रहेको पनि देखाएको छ । 

यस्तै विदेशी लगानीका सिमेन्ट उद्योगको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून रहेकाले थप विदेशी लगानी ल्याएर देशलाई सिमेन्टमा आत्मनिर्भर मात्रै नभइ निर्यात पनि गर्न सकिने अध्ययनले देखाएको छ नेपालमा उपलब्ध चुनढुङ्गा खानीलाई समुचित उपयोगमा ल्याइ सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योग खोल्न दिन उपयुक्त हुने देखिएको राष्ट्र बैंकले जनाएको छ । 

नेपालमा अहिले सञ्चालनमा रहेका ५५ वटा सिमेन्ट उद्योगमध्ये तीन वटामा प्रत्यक्ष विदेशी लगानी, दुई वटामा सरकारी स्वामित्व र ५० निजी स्वामित्वका रहेका छन् । अध्ययनअनुसार सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता एक करोड ५० लाख मेट्रिक टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेको देखिन्छ । उद्योगबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन हुँदै आएको छ भने झण्डै १५ लाख टन सिमेन्ट आयात हुने गरेको छ । 

सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसर सिर्जना भए पनि वातावरणीय प्रदूषणसम्बन्धी नकारात्मक असर परेको अध्ययनले देखाएको छ । सिमेन्ट उद्योगलाई आवासीय क्षेत्रमा स्थापना गर्न निरुत्साहित गर्नुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।   

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया