कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – म्यानमारका सैन्य प्रमुख मिन आङ ह्याल्इनले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई छिट्टै अदालतमा पेश गर्ने बताउनु भएको छ ।
उहाँले सुकीको अवस्था ठिकठाक रहेको भन्दै छिट्टै अदालतमा पेश गर्ने बताउन भएको हो । हङकङमा रहेको चिनियाँ भाषाको एक टेलिभिजनमा अन्तरवार्ता दिँदै उहाँले सुकी स्वस्थ रहेको र उहाँ आफ्नै घरमा रहेको बताएका बीबीसीले जनाएको छ । म्यामारमा सैन्य कू भएपछि सेनाका प्रमुखले अन्तरवार्ता दिएको यो पहिलो पटक हो । गएको नोभेम्बरमा भएको चुनावमा सुकीको पार्टीले धाँधली गरेको सेनाले असन्तुष्टि जनाउँदै आएको थियो ।
धाँधली भए नभएको बारे छानबिन लगभग सकिएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । यस्तै, त्यहाँको निर्वाचन आयोगले सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) लाई खारेज गर्ने तयारी गरेको छ । गएको बर्ष भएको चुनावमा जालसाझी गरेको आरोप लगाउँदै यो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ ।
सेनाद्वारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफूहरुले विचार गरिरहेको जानकारी दिनुभएको हो । गएको वर्षको नोभेम्बरमा भएको चुनावमा एनएलडीले ८३ सिट जितेको थियो । यसलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउदै आएको थियो । सेनाले गएको फेब्रअरी १ मा नेत्रृ सुकीसहितका नेतालाई हिरासतमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको छ । यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।