राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसका कार्यकर्ता पक्राउ

 जेठ ९, २०७८ आइतबार १३:४४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – प्रतिनिधि सभा विघटनको विरोध गर्दै राष्ट्रपति भवन शीतल निवास अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसका नेता/कार्यकर्ता पक्राउ परेका छन्  ।

प्रतिगामी कदम खारेज, संसद् विघटनको निर्णय फिर्ता, राष्ट्रपति एक दलबाट परिचालित हुन नहुने लगायतका नारा र प्ले कार्ड बोकेर शीतल निवासको गेट नजिकै प्रदर्शन गरेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

युथ कांग्रेस नेपालका राष्ट्रिय संयोजक सचिन तिमल्सेना, केन्द्रीय सदस्य मनोज पुरी, वाग्मती प्रदेश संयोजक साजन योञ्जन लगायत पक्राउ परेका केन्द्रीय सदस्य विद्युत् लामिछानेले जानकारी दिनुभयो ।

युथ कांग्रेस नेपालले पक्राउ परेका नेता/कार्यकर्ताको रिहाइको माग पनि गरेको छ ।  

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया