साना–मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार निय...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले रिटको तयारी गरिरहेका छन् । सामूहिक रूपमा सर्वाेच्च अदालतमा रिट दायर गर्न रिटलाई अन्तिम रूप दिने र सांसदहरूको हस्ताक्षर सङ्कलन गर्ने काम भइरहेको विपक्षी दलहरूले बताएका छन् ।
अहिले संसद् भवन नयाँ बानेश्वरमा हस्ताक्षर सङ्कलन भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउने एक सय ४९ जनाकै हस्ताक्षर सङ्कलन गर्ने र त्यो नभए पनि बहुमत सांसदको हस्ताक्षर सङ्कलन गर्ने तयारीमा विपक्षी गठबन्धन रहेको छ ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकोमा गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै एक सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई बुझाएको थियो । तर प्रधानमन्त्रीले पनि आफूलाई एक सय ५३ जना सांसदको समर्थन रहेको भन्दै निवेदन पेस गरेपछि राष्ट्रपतिले मध्यरातमा संसद् विघटन गर्नुभएको थियो ।
तर प्रधानमन्त्रीले सांसदहरूको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै त्यसको छानबिन गर्न विपक्षी दलले माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।