बहराइनले लगायो नेपाली नागरिकको प्रवेशमा रोक, नियम उल्लङ्घन गरे कारबाही

 जेठ ९, २०७८ आइतबार १६:०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बहराइनले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । २३ मे अर्थात् आज आइतबारदेखि नेपालीसहित लगाउने भएको छ । नेपालीसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको हो । 

तर यी देशबाट बहराइनी नागरिक, गल्फ को अपरेसन काउन्सिलका नागरिक तथा बहराइनको बसोबासको भिसा भएकाले भने प्रवेश गर्न पाउनेछन् । तर यी देशबाट यात्रा गर्नेहरूले १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्नेछ । 

यात्रा गर्नुअघि ४८ घण्टासम्मको पीसीआर परीक्षण गरेको र क्युआर कोडसहितको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्छ । बहराइनमा १० दिनभन्दा बढी बस्ने यात्रुको लागि एयरपोर्ट आगमन पश्चात् बहराइन दिनार ३६ तिरेर पहिलो पटक तथा पाँचौँ र दसौँ दिनमा समेत पीसीआर परीक्षण गर्नुपर्छ ।

यसै गरी बहराइनमा पछिल्लो केही दिन यता कोरोना सङ्क्रमण दर बढेकाले सङ्क्रमण नियन्त्रणका लागि कडाइ गरिएको छ । ३ जुनसम्मका लागि सरकारी कार्यालयहरू, सपिङ मल, रेस्टुरेन्ट, सिनेमा घर आदि सार्वजनिक ठाउँहरुमा १८ वर्षभन्दा माथिका तथा दोस्रो डोज खोप लगाएको १४ दिन बढी भइसकेको  र कोरोना सङ्क्रमण निको भएकाहरूले मात्र अनुमति पाउनेछन् । 

यी ठाउँमा प्रवेश गर्नका लागि BeAware एप्लिकेशनमा Green Shield देखाउन अनिवार्य गरिएको छ । 

निजी भेला समारोहमा समेत अधिकतम ६ जनाको सहभागिता निश्चित गरिएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि जारी मापदण्ड नमान्नेलाई बहराइन दिनार १ हजारदेखि १० हजारसम्म र कम्तीमा तीन महिनाको जेल सजाय वा दुवै हुन सक्नेछन् । 

बहराइन सरकारले त्यहाँ रहेका आप्रवासी श्रमिकलाई पनि खोप उपलब्ध गराइरहेको छ । खोप लगाउन बहराइन सरकारको स्वास्थ्य मन्त्रालयमा आवेदन दिन सकिन्छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया