इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – चालु आर्थिक वर्षको १० महिनामा झन्डै साढे ११ खर्ब रुपैयाँको व्यापार घाटा भएको छ । साउनदेखि वैशाख महिनासम्म नेपालले १३ खर्ब ६२ अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेकोमा १२ खर्ब ५४ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । निर्यात भने जम्मा एक खर्ब आठ अर्ब रुपैयाँको भएको भन्सार विभागले जनाएकाे छ ।
भन्सार विभागकाअनुसार वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा साढे २१ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । पोहोरको १० महिनाको तुलनामा यो वर्षको १० महिनामा आयात २२ प्रतिशतभन्दा धेरैले बढेको छ भने निर्यात पनि ३२ प्रतिशतले बढेको छ ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशतभन्दा धेरै छ भने निर्यातको हिस्सा सात प्रतिशतमै खुम्चिएको छ ।
सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ । १० महिनामा भारतसँग आठ खर्ब १५ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ भने चीनसँग एक खर्ब ८२ अर्ब रुपैयाँको घाटा रहेको छ ।
सरकारले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने भाषण गर्दै आए पनि खाद्यान्न आयात चुलिँदै गएको छ । १० महिनामा ६८ अर्ब ६३ करोड रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ । यो गएको वर्षको भन्दा १३ अर्ब रुपैयाँभन्दा धेरै हो । ३१ अर्ब रुपैयाँको तरकारी तथा फलफूल आयात भएको छ ।
यस्तै १० महिनामा एक खर्ब २१ अर्ब रुपैयाँको आइरन र स्टिल, एक खर्ब रुपैयाँका मेशिनरी सामग्री, ८२ अर्ब रुपैयाँका गाडी र पाटपुर्जा, २६ अर्ब रुपैयाँको औषधि, ५० अर्ब रुपैयाँको प्लास्टिकका सामग्री आयात भएको छ । यस्तै ४२ अर्ब रुपैयाँभन्दा धेरैको डिजल भित्रिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Raj Dai
May 23, 2021, 10:23 p.m.यो तथ्यांकको श्रोत खुलाए समाचार अलिक बिश्वासयोग्य हुन्थ्यो , श्रोत नखुलाउँदा यो तथ्यांक उज्यालोको भन्ने जनाउँछ / यो तथ्यांकलाई विश्वास गर्ने आधार के छ ??