ट्रम्प र जेलेन्स्कीबीच मतभेद, रुससँग कुनै सम्झौता नहुने युक्रेन...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दर्ताका लागि नेकपा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । २३ जना सांसदको हस्ताक्षरसहित आफूहरू सर्वोच्च अदालतमा आइपुगेको र हस्ताक्षर गर्ने एमालेका सांसद अझै थपिने खनाल–नेपाल समूहका नेता जीवनराम श्रेष्ठले उज्यालोलाई बताउनुभयो ।
देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावललगायत नेता उभिएका हुन् ।
संविधानको धारा ७६ को उपधारा (५) अनुसार देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने उनीहरूको माग छ । यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षरमा नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेका थिए ।
संसद् विघटन र चुनावको घोषणा असंवैधानिक र अलोकतान्त्रिक रहेको दाबी गर्दै पाँच दलका शीर्ष नेताले संयुक्त रूपमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्न लागेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल पक्ष, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।