नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन ‘विप्लव’ को माग

 जेठ १०, २०७८ सोमबार १८:५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्दले साेमवार (आज) विज्ञप्ति निकालेर तत्काल अध्यादेश फिर्ता गर्न माग गर्नुभएकाे हो ।

हरेक नेपाली नागरिकले सहज ढङ्गले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भए पनि सत्ता सङ्कट टार्नकै लागि सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासचिव चन्दले बताउनुभएको छ ।

राष्ट्रिय महत्त्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक रहेको भन्दै उहाँले त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्ता सङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्रै निर्णयहरू सार्वजनिक हुने गरेको उहाँको आरोप छ ।

जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको थियो । त्यसलगत्तै सरकारको चर्को आलोचना भइरहेको छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया