नेप्से सामान्य घट्यो, कारोबार रकम पनि कम

 जेठ ११, २०७८ मंगलबार १६:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केही समययता लगातार रेकर्ड बनाउँदै आएको शेयर बजार मङ्गलवार (आज) भने घटेको छ । नेप्से आज ६ दशमलव पाँच अङ्कले घटेर २८ सय १६ दशमलव ५६ विन्दुमा झरेको छ ।

आज बैकिङ समूहको शेयर साढे २५ अङ्कले घटेको छ । यस्तै होटल समूहको २८ अङ्कले, फाइनान्सको झण्डै दुई अङ्कले, उत्पादनको साढे २२ अङ्कले र अन्य समूहको शेयर २९ अङ्कले घटेको छ । व्यापार, जलविद्युत्, माइक्रो फाइनान्स, जीवन बीमा र निर्जीवन बीमा समूहको शेयर भने बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय १९ कम्पनीका दुई करोड ३४ लाख कित्ता शेयर ११ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार कारोबार भएको छ ।

आज मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै झण्डै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि वरुण हाइड्रो, माउन्टेन हाइड्रो, युनिभर्सल पावर र घलेम्दी हाइड्रोको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।  

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया