आज काठमाण्डौका यी ठाउँमा बिजुली कटाैती हुने
फागुन १७, २०८१ शनिबार
खोटाङ – कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालय खोटाङमा नौ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री ल्याइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट प्रतिनिधि सभा सदस्य विशाल भट्टराईमार्फत नौ लाख सात हजार ६ सय ६० रुपैयाँको अक्सिजन सिलिन्डर, भीटीएम, एन्टिजेन किट, पीपीई, गाउन लगायतका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमा आइपुगेको हो ।
मन्त्रालयबाट दुई लाख २६ हजार रुपैयाँ बराबरको चार सय थान पीपीई सेट, चार सय थान एन–९५ मास्क, २० लिटर स्यानिटाइजर र चार हजार थान सर्जिकल मास्क ल्याइएको छ । यस्तै स्वास्थ्य कार्यालयमा चार लाख ९३ हजार रुपैयाँ बराबरकाे एक हजार थान एन्टिजेन किट, एक लाख ६९ हजार रुपैयाँ बराबरकाे ४० लिटरको १५ थान अक्सिजन सिलिन्डर र १७ हजार रुपैयाँ बराबरकाे दुई सय थान भीटीएम आइपुगेको छ ।
गएकाे वैशाख ३० गते काठमाण्डाैबाट झन्डै चार लाख रुपैयाँ बराबरकाे स्वास्थ्य सामग्री लिएर आउनुभएका प्रतिनिधि सभा सदस्य भट्टराईले फेरि स्वास्थ्य सामग्री ल्याउनुभएकाे हाे । उहाँले स्वास्थ्य सामग्री मङ्गलवार स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गर्नुभयाे ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य भट्टराईले खाेटाङमा कोभिड–१९ को महामारीमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयाे । अक्सिजन जुटाउन भने मुस्किल परेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।