राजनीतिक दलसम्बन्धी विधेयक अघि बढाएर साना दललाई दबाबमा राख्न...
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्न कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई निर्देशन दिनुभएको छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेशअनुसार प्रधानमन्त्री अध्यक्ष रहनुभएको कोभिड–१९ निर्देशक समितिको मङ्गलवार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरि काम गर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ नियन्त्रणसम्बन्धी र सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताको समाधान गरेको भन्दै कोभिड–१९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ कामअघि बढाउन निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको भनाइ उदृत गर्दै उहाँले भन्नुभयो, ‘खोपको उपलब्ध गर्नुपर्नेमा जोड दिनुभएको छ । खोप कहाँबाट ल्याउने हो र कसरी ल्याउने हो । नागरिकहरुलाई खोप दिनुपर्छ । खोपको प्रभावकारिता देखिएकाले पहिलो प्राथमिकता भनेको खोप हो । खोपपछि स्वास्थ्य सामग्रीको अभाव देखिएको छ र ती सामग्री पनि नेपाल सरकारले गरेको आह्वानअनुसार विभिन्न देशबाट उपलब्ध भएका छन् र उपलब्ध भएका सामग्रीको यथार्थ विवरण राखेर समानुपातिक र न्यायपूर्ण रूपमा अस्पतालमा वितरण गर्न निर्देशन भएको छ ।’
आवश्यक ऐन, नियम नभएका कारण समस्या भए पनि अब सबै समस्याको सम्बोधन भएकोले ढिला गर्ने छुट नभएको भन्दै प्रधानमन्त्रीले एक्शनमा जान कोभिड–१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिनुभयो ।
सार्वजनिक खरिद ऐन र नियमावलिमा देखिएका समस्यालाई सहज गराउन अध्यादेश ल्याएको र अध्यादेशले सबै बाटो खोलेकाले कुनै अलमल नगरि काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको सचिव बरालले बताउनुभयो ।
कोभिड–१९ निर्देशक समितिको पहिलो बैठकमा त्यससम्बन्धी व्यवस्थापन केन्द्रका पदाधिकारीकाे उपस्थिति थियो । सोमवार सरकारले काेभिड–१९ व्यवस्थापन केन्द्रका प्रमुखमा अवकाश प्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरेको थियो । उहाँले मङ्गलवारदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्दै बैठकमा सहभागी हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।