तरकारीको मुख्य थोक बजार बन्द नहुने, भिड रोक्न ढुवानीका गाडीमा जोरबिजोर लागू

 जेठ १२, २०७८ बुधबार ९:४५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको मुख्य थोक बजार कालिमाटीमा भिड कम गर्न जोरबिजोर प्रणाली लागू भएको छ ।

निषेधाज्ञाको समयमा पनि बजारमा भिड कम नभए पछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ढुवानीका गाडीमा जोर बिजोर प्रणाली लागू गरेको हो । बजारमा हुने भिड रोक्न तरकारी लिन जाने गाडीमा जोरबिजोर प्रणाली लागू गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार जोर बारमा जोर नम्बरका गाडी र बिजोर बार बिजोर नम्बरका गाडी चल्ने छ । यो नियम तरकारी लिन जाने जाने गाडीमा मात्र लागू हुनेछ । तरकारी लिएर थोक बजार पुग्ने गाडीमा भने यो नियम लागू हुने छ ।

यस्तै, तरकारी लिन जाने गाडी बिहान ८ बजे भित्र पुगिसक्नु पर्ने नियम बनाएको पनि उहाँले जानकारी दिनुभयो । कालिमाटीको थोक तरकारी बजार राति १ बजेदेखि बिहान ९ बजेसम्म खुला रहने छ । थोक बजारमा अहिले झण्डै चार सय जना व्यापारीले व्यापार गर्दै आएका छन् । यस्तै अहिले दैनिक साढे ५ सय टनको हाराहारीमा तरकारी भित्रिरहेकाले तरकारीको अभाव नहुने पनि समितिले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया