संविधान मास्ने षड्यन्त्र भइरहेको छ, प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प छैन : खिमलाल देवकोटा

 जेठ १४, २०७८ शुक्रबार १५:३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय सभाका सदस्य डाक्टर खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सही दिशामा ल्याउन आफ्नो भूमिका हुने बताउनुभएको छ ।

राष्ट्रिय सभा सदस्यको रूपमा शपथ ग्रहण गर्दै उहाँले संविधानतः प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने भए पनि संसद्लाई छलेर पटक–पटक विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने खेल भएको बताउनुभयो । 

संविधानलाई सबै मिलेर बचाउनुपर्ने भन्दै राष्ट्रिय सभा सदस्य देवकाेटाले आफ्नो भूमिका संविधानलाई बचाउन र संविधानलाई सही दिशामा ल्याउनका लागि हुने बताउनुभयो । डा. देवकोटाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

संविधानलाई सही दिशामा ल्याउनका लागि प्रतिनिधि सभा पुनर्स्थापनाकाे विकल्प नभएको भन्दै उहाँले संविधानतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ काे उपधारा (५) अनुसार दाबी गरिसकेपछि देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्नेमा त्यसो नगरि संविधानभन्दा बाहिर गइएको बताउनुभयो । 

देवकोटाले राष्ट्रिय सभा सदस्यकाे रूपमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिनुभएको छ । देवकोटा गएकाे जेठ ६ गते भएको राष्ट्रिय सभा सदस्यको उपचुनावबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र  एमालेको खनाल–नेपालको समर्थनमा निर्वाचित हुनुभएको थियो ।  

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया