अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्ने आश्वासन दिनु भएको छ ।
प्रधानमन्त्री ओलीले किशोरी पन्तको हत्याका सम्बन्धमा गहिरो छानबिन गर्न सरकारले नयाँ छानबिन समितिलाई आवश्यक निर्देशन दिएको स्पष्ट पार्नुभयो । शनिबार निर्मला हत्याकाण्डको यथाचित छानबिन गर्न माग गर्दै बालुवाटार पुगेका प्रदेश ७ का पार्टीका सांसद एवम् नेताहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले छानबिनमा लापरबाही गरेको पाइए प्रहरी प्रशासनलाई समेत कडा कारबाही गर्ने बताउनु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भिम रावलले जानकारी दिनुभयो ।
कन्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बॉकी राख्नेछैन। घटनालाई सरकारले गम्भीर रुपमा लिएकाले छानविन समिति गठन गरेर काम अघि बढाइएको छ।कुनै पनि अपराधका घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याइनेछ।
— KP Sharma Oli (@PM_Nepal) August 25, 2018
भेटमा प्रदेश ७ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् नेताहरुले किशोरी पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न पार्टीका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका थिए ।
हत्यारालाई छानबिन गर्ने क्रममा भएका कमीकमजोरी औंल्याएर नागरिक समक्ष सार्वजनिक गर्न पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको सांसद रावलले जानकारी दिनुभयो ।
बलात्कारपछि हत्या गरिएकी किशोरी पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आएका प्रर्दशनकारीमाथि प्रहरीले गोली हान्दा शुक्रबार एकजना बालकको पनि ज्यान गएको र केही घाइते भएका छन् ।
त्यस घटनाबारे पनि छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई तत्काल राहतको व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गरिएको सांसद रावलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।